२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सञ्चारमाध्यमले राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समिक्षा गर्नुपर्छ : अध्यक्ष दाहाल

शुक्रवार , श्रावण ११, २०८१

काठमाडौं, ११ साउन । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सञ्चारमाध्यमले राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समिक्षा गर्नुपर्ने बताएका छन् । 

शुक्रबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा दाहालले राष्ट्रिय सभाको गतिविधि पत्रकारितामा कम प्राथमिकता परेकोमा गुनासो गर्दै राष्ट्रिय सभामा हुने गतिविधिलाई दिएको प्राथमिकताका बारे समिक्षा गर्नुपर्ने बताएका हुन् । उनले सञ्चारमाध्यममा राष्ट्रियसभा ओझेलमा पर्दा आम नागरिक राष्ट्रिय सभाको गतिविधिमा सुसूचित हुने अवसरबाट बञ्चित हुने धारणा राखे ।

उनले सभाका गतिविधि जनतासमक्ष लैजान र नागरिकको सूचित हुने अधिकार सुनिश्चित गर्नमा जोड दिए । अध्यक्ष दाहालले सरकारी विधेयकको हकमा नेपालमा हालसम्म तीनवटा गैरसरकारी विधेयक ऐन बनेको इतिहास रहेको र त्यी विधेयक  राष्ट्रिय सभामै उत्पति भएर ऐन बनेको जानकारी दिए । 

त्यसतै कार्यक्रममा  राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले पत्रकारले उठाएका विषय सांसद र संसदिय प्रकृया सुधार गर्ने अवसर हुने उल्लेख गरे । उनले सञ्चारमाध्यमको प्राथमिकतामा राष्ट्रिय सभा र यसको गतिविधि पर्न नसकेकोमा पनि गुनासो गरे ।