२०८३, आश्विन ६ गते

Sep 22 2026 | २०८३, आश्विन ६ गते

नेपाल साहित्यकारको उर्वरभूमि हो : प्रधानमन्त्री ओली

शनिवार , श्रावण १२, २०८१

  • 715
    Shares
  • 715
    Shares
  • काठमाडौं, १२ साउन ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वरभूमि भएको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरु बिमोचन गर्दै ओलीले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम लगाएतका साहित्यकारहरु जन्मेको नेपाल साहित्यकारको निकै उर्वरभूमि भएको बताएका हुन् ।

    नेपालको भूमिका वनजंगल पानी पधेरा लगायत स्थानमा गीत संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको उनले बताए ।

    उनले अहिले साहित्य केही माथि उठ्न खाजेको र कसरी माथि उठ्ने हो भन्ने बहस चल्न थालेको धारणा राखे । प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘नेत्रसरका तीन खण्डकाव्य, मेरो इतिवृति र भूत पिसाच कृतिहरुको बिमोचन गरेका थिए ।