
शनिवार , श्रावण १२, २०८१
काठमाडौं, १२ साउन ।
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले नेपालमा सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गौतमले सबै कम्युनिष्ट दलहरु गम्भीर भएर एकताबद्ध हुनुपर्ने बताए ।
शक्तिशाली कम्युनिष्ट पार्टी चाहिएको छ भने कुनै एक पार्टीले पहल लिनुपर्ने र बलियो कम्युनिष्ट पार्टीबाट मात्रै समाजवाद सम्भव भएको उनको भनाइ छ । उनले मञ्चमा रहेका अन्य कम्युनिष्ट नेताहरुलाई एउटै पार्टी बनाउनका लागि आफ्नो प्रस्तावलाई समर्थन गर्न आग्रह समेत गरे ।
उनले यसअघि आफ्नो पहलमा कम्युनिष्ट एकता भए पनि दिगो हुन नसकेको उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij