२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर : मन्त्री पौडेल

शनिवार , श्रावण १२, २०८१

काठमाडौं, १२ साउन ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गुणस्तरीय स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहकार्यमा अघि बढिने बताएका छन् । वीर अस्पतालको १३५ औं बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको भन्दै सबैको सहकार्यमा अघि बढिने बताए । उनले स्वास्थ्य संस्थाको विकासका लागि आफूले निर्देशन दिने नभइ सहकार्य गर्न खाजेको जिकिर गरे ।

स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुसार दरबन्दी सिर्जना गर्ने र राज्यको स्रोतले भ्याएसम्म सेवा सुविधान विस्तार गर्ने उनको भनाइ छ । उनले मन्त्री, कर्मचारी वा विभिन्न पदमा पुगेकाहरुले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने भन्दै जनताका विषयमा कुनै सम्झौता गर्न नहुने धारणा राखे । न्याम्स र वीर अस्पतालमा कुनै विवाद हुन नहुने भन्दै दुवैलाई सहज रुपमा अघि बढाउने गरी मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।

मन्त्री पौडेलले वीर अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि आग्रह गरे ।