२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कम्युनिष्ट पार्टीका नेताहरुमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति देखियो : यादव

शनिवार , श्रावण १२, २०८१

काठमाडौं, १२ साउन ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति कम्युनिष्ट नेताहरुमा देखिएको बताएका छन् । पुष्पलालको जन्मशताब्दीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा यादवले कम्युनिष्ट पार्टीका नेताहरुमा सत्ताका लागि जस्तोसुकै सहकार्य गर्ने प्रवृत्ति देखिएको बताए । 

उनले सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठानेर उनीहरुले राजावादी, कांग्रेस सबैसँग सहकार्य गरेको धारणा राखे । 

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले सच्चा कम्युनिष्ट भन्नेहरुले भने अहिले पनि दुःख पाइरहेको जिकिर गरे । उनले एउटा वर्ग समूदायले हालीमुहाली गरेर सत्ता आउने भए पनि समाजवाद आउन नसक्ने धारणा राखे ।

उनले मुलभुत मुद्दालाई केन्द्रीत गरेर अघि बढ्ने नेतृत्वको अभाव, अवसरवादको चरम सीमाले गर्दा समाजवादको यात्रा कठिन देखिएको बताए ।