२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज होइन : माधव नेपाल

शनिवार , श्रावण १२, २०८१

काठमाडौं, १२ साउन ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताएका छन् । शनिबार पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले संविधान संशोधन अपरिहार्य भए पनि गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा जायज नभएको बताए ।

कांग्रेस–एमालेले भनेको संविधान संशोधनको पर्दा पछाडी अर्कै कुरा लुकेको उनले बताए । उहाले आफ्ना स्वार्थ पुरा गर्नका लागि अनेक जामा पहिरिए पनि वास्तविकता समयक्रम अनुसार उजागर हुने जिकिर गरे । पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले जनताको त्याग तपस्याबाट बनेको संविधानमा कुनै प्रकारको आघात नगर्न चेतावनी दिए । उनले कम्युनिष्ट एकताको आधार तयार गर्नका लागि मोर्चा बनाउँदै अघि बढ्नुपर्ने बताए ।

त्यस्तै पार्टीका सम्मानित नेता झलनाथ खनालले संविधान कसैको निगाहमा नबनेको भन्दै दुई दलले मात्रै संशोधन गर्न बताए । उनले संविधानको मूल मर्मलाई मासेर संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुने चेतावनी दिए । उनले संविधान संशोधन गर्ने भए त्यसका आधारहरु स्पष्ट हुनुपर्ने जिकिर गरे ।