२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी सेन्ट्रल लुम्बिनीद्वारा वृक्षरोपण तथा विरुवा वितरण

शनिवार , श्रावण १२, २०८१

भैरहवा, १२ साउन ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले वृक्षरोपण तथा विरुवा वितरण कार्यक्रम गरेको छ । क्लबले शनिबार सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डीमा उक्त कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै पूर्व डिष्ट्रिक गभर्नर सन्तोष रिजालले युवाहरुलाई विशेष प्राथमिकतामा राख्दै रोटरी क्लब अगाडी बढेको बताउदै वृक्षरोपण वर्तमान समयको आवश्यकता रहेको बताए ।

रोटरी असिस्टेन्ट गभर्नर हिरा बहादुर शाहले उपयुक्त स्थान छनोट गरी ५ सय वटा बढी विरुवा रोप्ने लक्ष्य क्लबले लिएकोे बताए ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी वर्ष २०२४/०२५ का अध्यक्ष प्रियाबन्धु न्यौपानेले क्लबले आफ्नो सदस्यको घरदेखि वृक्षरोपण सुरु गरेको जानकारी दिए ।

कार्यक्रम संयोजक विष्णु शर्माले वातावरणमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम गर्दै आएको बताए ।

क्लबले अध्यक्ष प्रियाबन्धु न्यौपानेको कार्यकालमा ५ सय वटा विरुवा रोप्ने लक्ष्य अन्तर्गत शनिबार २ सय विरुवा रोपेको छ । रोट्रक्याट क्लब अफ सेन्ट्रल लुम्बिनी, रोट्रक्याट क्लब अफ सेन्ट्रल बौद्ध ल्याण्ड, रोट्रक्याट क्लब अफ सेन्ट्रल सियारी र रोट्रक्याट क्लब अफ सेन्ट्रल रोहिणीको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका सचिव गंगाधर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

_L5A8849.JPG