२०८३, बैशाख ६ गते

Apr 19 2026 | २०८३, बैशाख ६ गते

सिद्धार्थनगर सिटी हस्पिटलमा निःशुल्क मधुमेह परीक्षण शिविर हुँदै

आइतवार , श्रावण १३, २०८१

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, १३ साउन ।
    सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा, रुपन्देहीमा निःशुल्क मधुमेह (डायबेटिज) परीक्षण शिविर हुने भएको छ । लायन्स क्लब अफ सिद्धार्थनगरको आयोजनामा यही साउन १८ गते शुक्रबार शिविर हुने कार्यक्रम संयोजक कृष्ण प्रसाद घिमिरेले बताए । शिविरमा अग्रिम नाम दर्ता गराउन सकिने उनले बताए ।

    काठमाडौंबाट वरिष्ठ मधुमेह (सुगर) रोग विशेषज्ञ डाक्टर स्वेता अग्रवालद्वारा जाँच तथा परामर्श सेवासहित निःशुल्क डायबिटीज मेगा क्याम्प राखिएको कार्यक्रम सह–संयोजक प्रकाश पौडेलले जानकारी दिए ।

    शिविरमा निःशुल्क सुगर तथा अन्य रगत जाँच, निःशुल्क सुगरको औषधि वितरण, आवश्यक परेमा मुटुरोग विशेषज्ञद्वारा निःशुल्क जाँच तथा परामर्श तथा आवश्यक परेमा निःशुल्क थाइराइड सम्बन्धी जाँच तथा परामर्श सेवा प्रदान गरिने लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२४/०२५ का अध्यक्ष तथा सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । शिविर बिहान ८ बजेदेखि सुरु हुने लायन्स क्लब अफ सिद्धार्थनगरले जनाएको छ ।