
आइतवार , श्रावण १३, २०८१
भैरहवा, १३ साउन ।
लुम्बिनी विश्व शान्ति मञ्चले किर्तिपुरमा वृक्षरोपण गरी विश्व प्रकृति संरक्षण दिवस–२०२४ मनाएको छ । दिवसको अवसरमा आइतबार मंगलपुर माध्यमिक विद्यालय परिसर किर्तिपुर, काठमाडौंमा २५० वटा विरुवा रोपिएको मञ्चका संस्थापक अध्यक्ष बासु गौतमले बताए ।
१० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत किर्तिपुरमा कल्की, अम्बा, कागती, धुपी, जकाराण्डा, रिठ्ठा, हर्रोलगायत गरी २५० वटा विरुवा रोपिएको गौतमले जानकारी दिए ।
लुम्बिनी विश्व शान्ति मञ्चको आयोजना र कम्युनिटी लिडर सिप नेपाल, किप लगायत संस्थाको सहकार्यमा आज वृक्षरोपण कार्यक्रम गरिएको उनले बताए ।
१० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत यस वर्ष देशैभरी १ लाख विरुवा रोपेर संरक्षण गर्ने योजना रहेको गौतमको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij