
आइतवार , श्रावण १३, २०८१
भैरहवा, १३ साउन ।
रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको २९ औं पदस्थापन समारोह भैरहवामा सम्पन्न भएको छ । समारोहमा क्लबको वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले वर्ष २०२४/०२५ का अध्यक्ष ओम जैसीलाई पद हस्तान्तरण गरेका हुन् ।
काशी सिनेप्लेक्स प्रा.लि.भैरहवा, रुपन्देहीका सञ्चालक जैसी नेपाल चलचित्र संघको केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनी काशी नोबल एकेडेमी भैरहवाको सञ्चालक समिति अध्यक्ष, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका कार्यसमिति सदस्य, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका संस्थापक अध्यक्ष समेत हुन् ।
वर्ष २०२४/०२५ को प्रेसिडेण्ट इलेक्टमा कमलराज ढकाल, प्रेसिडेण्ट नोमिनीमा पर्शुराम पोखरेल, प्रथम उपाध्यक्षमा विष्णु थापा, द्वितीय उपाध्यक्षमा प्रा.डा. लक्ष्मी पाठक, सचिवमा दिनेश अग्रवाल, कोषाध्यक्षमा भुसन श्रीवास्तव र सह–सचिवमा सुरज भट्टराई रहेका छन् ।
त्यस्तै निर्देशक (डाईरेक्टर) मा सरिता राना, मोहन सिंह गुरुङ, हरि बहादुर थापा, मंगल भण्डारी, प्रेमनारायण बेल्बासे, बिल प्रसाद गुरुङ, करुणा सिंह, अर्जुन गुप्ता, लर्निङ फेस्लीटेटरमा ईश्वर भट्टराई, योंग लिडर्स कन्टेक्टमा जय सिंह थापा, एडिटरमा सुरेन्द्र बस्याल, डेपुटी एडिटरमा अशोक गुप्ता, इनफर्मेशन एण्ड टेक्नोलोजी अफिसरमा विकास श्रेष्ठ, वेभ मास्टरमा सुन्दर घिमिरे, सर्जेन्ट एट आमर्स (फस्ट) मा अर्जुन देव पौडेल र सर्जेन्ट एट आमर्स (सेकेण्ड) मा रोहित मान शाक्य रहेका छन् ।
त्यसै गरी क्लबको सल्लाहकारमा अर्जुन विक्रम शाह, प्रकाश लाल श्रेष्ठ, डा. शान्त कुमार शर्मा, गोविन्द सिंह, दिनेश पौड्याल, ब्रिजेश अग्रवाल, इश्तियाक अहमद खान, देवी गुरुङ, श्याम अग्रवाल, किशोर जोशी, खिम बहादुर कार्की, सावित्री गुरुङ, जितेन्द्र नाथ शर्मा, ठाकुर कुमार श्रेष्ठ, प्रकाश पोखरेल, राजन जंग राणा, भोज बहादुर खत्री, हुतानन्द खनाल, डा. गोविन्द बल्लभ भट्ट र रमेश अग्रवाल रहेका छन् ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले आर्थिक मन्दीका कारण आफ्नो कार्यकालमा केही कामहरु चाहेर पनि गर्न नसकेको बताए । उनले वर्ष २०२३/०२४ मा क्लबले ८ वटा विद्यालयमा पुगेर विभिन्न कार्यक्रम गरेको बताए । आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरे ।
क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष ओम जैसीले आफ्नो कार्यकालमा सबैको साथ र सहयोगको अपेक्षा गरे ।
समारोहमा बोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर राजेन्द्र मान शेरचनले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । उनले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले आगामी दिनमा पनि रचनात्मक कार्यलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, रोटरी प्रेसिडेण्ट काउन्सील चेयर गोविन्द सिंह, रोटरी क्लब अफ गोरखपुरका अध्यक्ष ई. एम.पी. कोनडाईलगायतले भनाइ राखेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका नयाँ सदस्यहरु नेत्र प्रसाद आचार्य, सुमित पराजुली, दीक्षा श्रीवास्तव र कृष्ण प्रसाद घिमिरेलाई स्वागत गरिएको थियो । कार्यक्रममा सामूदायिक विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थीहरुलाई जनही रु. १० हजार छात्रवृत्ति प्रदान गरिएको क्लबको वर्ष २०२३/०२४ की सचिव सरिता रानाले बताइन् ।
त्यस्तै समारोहमा साक्षरता अभियान सञ्चालनका लागि सम्झौता तथा ‘डिजास्टर रिलिफ’ अन्तर्गत क्यूआर कोड लञ्च गरिएको क्लबको वर्ष २०२४/०२५ का अध्यक्ष ओम जैसीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij