२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यले अघि बढ्नुपर्छ : प्रचण्ड

आइतवार , श्रावण १३, २०८१

काठमाडौं, १३ साउन ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताएका छन् ।

आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरणसहित गतिशिल बनाउँदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको बताए ।

उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहदा सुशासनको डरमा भ्रष्टहरु मिलेर आफु नेतृत्वको सरकारलाई ढालेको उल्लेख गरे ।

आफुहरु सरकार छाड्दा विजेताका रुपमा निस्केको र सरकारमा जानेहरु हारेजस्तो देखिएको उनले बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउदै संगठन विस्तारमा ध्यान केन्द्रीत गर्ने अवसर प्राप्त भएको धारणा राखे ।

कार्यक्रममा एमाले, कांग्रेस, रास्वपा लगाएत दलमा आवद्ध कार्यकताहरु माओवादीमा प्रवेश गरेका थिए ।