२०८३, आश्विन ६ गते

Sep 22 2026 | २०८३, आश्विन ६ गते

सौर्य एयर दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले अध्ययन सुरु गरिसकेको छ : मन्त्री पाण्डे

आइतवार , श्रावण १३, २०८१

  • 760
    Shares
  • 760
    Shares
  • काठमाडौं, १३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरको बिमान दुर्घटनासम्बन्धी जाँचबुझ आयोगले अध्ययन सुरु गरिसकेको जानकारी दिएका छन् ।

    आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री पाण्डेले जहाज दुर्घटना भएपछि सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको र आयोगले दुर्घटनास्थलको स्थलगत निरिक्षणका साथै ककपिट भ्वाइस रेकर्डरको समेत अध्ययन सुरु गरिसकेको जानकारी दिए ।

    दुर्घटनामा परेका १७ जना नेपालीको शव सम्बन्धीत परिवारलाई बुझाइसकेको उल्लेख गर्दै उहाले एक बिदेशी नागरिकको शव बुझाउने प्रक्रिया सुरु भइसकेको बताए । दुर्घटनापछि मृतकका परिवारलाई बिमा लगाएतका क्षतिपूर्ति दिन सौर्य एयरलाई निर्देशन दिइसकेको उनले बताए ।

    त्यस्तै उनले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई सम्भव भएसम्म रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता सम्बन्धीत एयरलाइन्सले जनाएको उललेख गरे ।

    मन्त्री पाण्डेले हाल नेपालमा आन्तरिक उडानका यात्रा गर्ने यात्रुको दुर्घटना बिमान २० हजार डलरमात्रै रहेकाले त्यसलाई बढाउन आन्तरिक उडानका लागि विमा व्यवस्था गर्ने विधेयक तर्जुमाका लागि कार्य अघि बढिसकेको जानकारी दिए ।