२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

छानबिन समितिले सहकारी क्षेत्रका विषयमा राजनीतिक दलसँग लियो सुझाव

आइतवार , श्रावण १३, २०८१

काठमाडौं, १२ साउन । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका बिषयमा बिभिन्न राजनीतिक दलहरुसंग सुझाव लिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले लगाएत अन्य दलले सहकारीका बिषयमा सुझाव दिएका हुन् । बैठकमा एमालेको सहकारी बिभागले लिखित सुझाव दिएका थिए भने अन्य केहि दलले पनि मौखिक तथा लिखित सुझाव दिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए । उनले सवैको सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने बताए । त्यस्तै आइतबार नै समितिले चाटर्ड एकाउन्टेन्ट सम्बन्धी संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको थियो । सो क्रममा सहकारी क्षेत्रको लेखा परिक्षणका क्रममा देखिएका तथ्यहरुका बारेमा जानकारी लिएको उहाले बताए । 

नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आएको संयोजक थापाले बताए । सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि निरन्तर सरोकारवाला निकायहरुसंग छलफल गर्ने र निष्कर्षमा पुगिने उहाले बताए ।