२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयबाट भइरहेका कामबारे लिए जानकारी

आइतवार , श्रावण १३, २०८१

काठमाडौं, १३ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयबाट भइरहेका कामकारवाही र समस्याका बारेमा जानकारी लिएका छन् । आइतबार सिंहदरबारमा विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुसँग सामूहिक रुपमा छलफल गर्दै मन्त्रालयबाट भइरहेका कामकारवाही र समस्याका बारेमा जानकारी लिनुभएको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए । 

सो क्रममा सचिवहरुले आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको उनले बताए । उनले मन्त्रालयको आगामी रणनीतिका बारेमा पनि प्रधानमन्त्रीले चासो देखाउनुभएको जिकिर गरे । विफ्रिङ्गका आधारमा प्रधानमन्त्री ओलीले मंगलबार आवश्यक निर्देशन गर्ने कार्यक्रम रहेको मन्त्री यादवले जानकारी दिए ।