२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

सौर्य एयरलाइन्सले भन्यो : छिट्टै नै नियमित उडानमार्फत यात्रुसँग जोडिनेछौं

आइतवार , श्रावण १३, २०८१

  • 628
    Shares
  • 628
    Shares
  • भैरहवा, १३ साउन ।
    सौर्य एयरलाइन्स प्रा.लि.ले अब छिट्टै नै नियमित उडानमार्फत पुनः यात्रुसँग जोडिने बताएको छ । प्रा.लि.ले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई उच्च मनोबलका साथ यात्रुहरुको सुरक्षा र सेवाप्रति अझ मजबुत भएर अगाडि बढ्न आग्रह गरेको छ ।

    सौर्य एयरलाइन्स प्रा.लि. ले आइतबार एक विज्ञप्ती जारी गर्दै आफ्ना यात्रुहरुलाई सुरक्षित, आरामदायी र भरपर्दो सेवा प्रदान गर्ने हेतुले निरन्तर सुधार र सतर्कता अपनाउँदै आगामी दिनहरुमा सबैको विश्वास, सहयोग र समर्थन प्राप्त गर्ने अपेक्षा गरेको जनाएको छ ।

    एयरलाइन्सका अध्यक्ष दीपक कुमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘सौर्य एयरलाइन्स प्रा.लि.को विमान नियमित प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखरा प्रस्थानका क्रममा साउन ९ गते अकल्पनीय जहाज दुर्घटनापश्चात हामीलाई परेको बज्रपातका क्रममा उद्दार कार्यमा प्रत्यक्ष, परोक्ष रुपमा सहयोग, सद्भाव र सहानुभुति तथा समवेदना व्यक्त गर्नुहुने सम्पूर्णप्रति आँशु बगाउँदै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’

    अध्यक्ष पोखरेलले यो कल्पनीय घटना पश्चात आफूहरुले सौर्य एयरलाइन्सको स्थापनादेखि धरोहरको रुपमा सही सेवा गर्दै आएका प्राविधिक व्यवस्थापन समूह नै गुमाएको बताए । उनले दुर्घटनामा दिवंगत हुनुभएका एक विदेशी प्राविधिक सदस्यबाहेक अन्य सबै विमानमा सवार सदस्यहरुको शव सम्बन्धित परिवारले बुझिसक्नुभएको जानकारी दिए । ‘यात्रामा सवार भइ दिवंगत हुनुभएका सम्पूर्ण सदस्यहरुले प्राप्त गर्ने यात्रु बिमाको सम्पूर्ण प्रक्रिया अगाडि बढाइसकेका छौं । त्यसबाहेक नेपाल सरकारको नियमानुसार प्राप्त गर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने कुरामा प्रतिबद्ध छौं, ’पोखरेलले भने ।

    ‘खास गरी दुर्घटनापश्चात नेपाल सरकार, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल नागरिक उडड्यन प्राधिकरण, बारुण यन्त्र, एम्बुलेन्स, काठमाडौं मेडिकल कलेज तथा महाराजगंज शिक्षण अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, सौर्य एयरलाइन्स तथा सम्पूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय एयरलाइन्स परिवार, आम सञ्चार क्षेत्र, आम जनसमुदायप्रति आभार व्यक्त गर्दर्छौ, ’विज्ञप्तीमा उल्लेख छ । 

    ‘तपाईहरुको साहसिक सहयोग र तत्परता बिना हामी यो कठिन समयमा सुरक्षित र कुशल व्यवस्थापन गर्न असमर्थ हुने थियौं । संकटको बेलामा तपाईहरुले दिलाउनुभएको यो साथ र सहयोगलाई हामी कहिल्यै भुल्नेछैनौं । यस दुर्घटनाका कारणले उत्पन्न असुविधाका लागि हामी हाम्रा यात्रुहरु तथा उहाँहरुका परिवार र समग्रमा नेपाली जनसमुदाय सामु क्षमायाचना गर्न चाहन्छौं, ’विज्ञप्तीमा भनिएको छ ।

    press release.jpg