
सोमवार , श्रावण १४, २०८१
भैरहवा, १४ साउन ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन), रुपन्देहीको १७ औं वार्षिक साधारण सभा २०८१ भदौ १ गते शनिबार हुने भएको छ । साउन ५ गते बसेको नियमित बैठकले भदौ १ गते १७ औं वार्षिक साधारण सभा गर्ने निर्णय भएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताए ।
साधारण सभा शनिबार बिहान ८ बजेदेखि सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा सुरु हुने श्रेष्ठले जानकारी दिए । साधारण सभामा सहभागी हुन संगठनमा आबद्ध सम्पूर्ण सदस्यहरुलाई उनले आग्रह गरे ।
साधारण सभामा अध्यक्ष, महासचिवको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, संस्थाको विधान संशोधनलगायत प्रस्तावमा छलफल हुने संगठनकी महासचिव लक्ष्मी अधिकारीले जानकारी दिइन् । संगठनले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक कार्यहरु समेत गर्दै आएको वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij