२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रोटरी बुटवल चौतारीको बैठकमा स्वास्थ्य सचेतना

सोमवार , श्रावण १४, २०८१

बुटवल, १४ साउन ।
रोटरी क्लब अफ बुटवल चौतारीको नियमित बैठकमा स्वास्थ्य सचेतना प्रदान गरिएको छ । क्लबको २१३ औं नियमित बैठकका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. हरिप्रसाद पन्थीले स्वास्थ्य सचेतना प्रदान गरेका थिए ।

कार्यक्रममा डा. पन्थीले मानिस कसरी स्वस्थ रहने र यसका लागि कस्तो जीवनशैली अपनाउनुपर्छ भन्ने विषयमा प्रकाश पारेका थिए । व्यक्तिले आफ्ने दैनिक रहनसहनलाई सन्तुलित राख्न सकेमा धेरै रोगबाट बच्न सकिने उनले बताए । उनले समाजमा रेविज र सर्पको डसाइबाट बच्ने उपायका बारेमा जानकारी गराउनुका साथै यसको प्रभावकारी उपचारका बारेमा विस्तृत रुपमा प्रकाश पारेका थिए । 

कार्यक्रममा बोल्दै क्लबका सदस्य समेत रहेका सितगंगा नगरपालिका वडा नम्बर ६ अर्घाखाँचीका अध्यक्ष ऋषिबहादुर रेश्मीले सामाजिक क्षेत्रमा रोटरीले ठूलो योगदान पुर्याउँदै आएको बताए । उनले आफू पनि रोटरीको माध्यमबाट पूर्ण रुपमा सामाजिक कार्य गर्ने हिसाबले अगाडि बढेको बताए । क्लबले सितगंगा वडा नम्बर ६ लाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरिसकेको छ ।

क्लबका चार्टड सदस्य तथा रोटरी क्लव अफ लुम्बिनीका प्रेसिडेन्ट इलेक्ट पदम खनाल समेतको उपस्थित रहेको बैठकमा क्लबका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरेले पनि आफ्नो धारणा राखेका थिए । क्लबका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले क्लबले हरेक शनिबार नयाँ नयाँ कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए ।