
सोमवार , श्रावण १४, २०८१
बुटवल, १४ साउन ।
विश्व हेपाटाइटिस दिवसको अवसरमा रोटरी ई—क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपालको आयोजनामा आशा फाउण्डेशनमा रहेर उपचार गराइरहेकाहरुलाई लागूऔषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
आशा फाउण्डेशनले बुटवलको देवीनगरमा लागूपदार्थ, मद्यपान उपचार तथा पुर्नस्थापना केन्द्र सञ्चालन गरेको छ । केन्द्रमा उपचार गराइरहेका २६ जनाका लागि लक्षित सो कार्यक्रममा रक्त परीक्षण गरी हेपाटाइटिस बी स्क्रिनिङ्ग गरिएको थियो ।
सो अवसरमा रोटरीयन डा. मनिष विश्वकर्मा र डा. साहिल भुसालले हेपाइटिस बी सर्नुको कारण र यसबाट बच्ने उपायको बारेमा प्रकाश पारेका थिए ।
त्यस्तै क्लबका अध्यक्ष रोटरीयन डा. विक्रम काफ्लेले नेपालमा लागूऔषध प्रयोगकर्ताको तथ्यांक र बढ्दो अवस्थाको बारेमा प्रकाश पारे । लागूऔषधको प्रयोगले हुने शारीरिक, मानसिक र सामाजिक असरको बारेमा समेत उनले जानकारी गराए ।
लागूपदार्थ तथा मद्यपानको अत्यधिक प्रयोग एक मानसिक समस्या भएको र यो अन्य रोगझै उपचार गराएमा निको हुने उनको भनाइ छ । बढ्दो मानसिक समस्याको बारेमा समाजमा खुलेर कुरा गर्ने अवस्था सिर्जना गर्ने दायित्व व्यक्ति, परिवार, सामाजिक संघ–संस्था सबैको रहेको उनले स्पष्ट पारे ।
ए वान हेल्थ एट केपिएल डाइगोनोसिसको प्राविधिक सहयोगमा गरिएको होपाटाइसिस बी स्क्रिनिङ्गमा संस्थाका अध्यक्ष विजय बस्नेतले क्लबसँग मिलेर आगामी दिनहरुमा अन्य कार्यक्रम गर्न आफू तयार रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij