२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउने प्रयास गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

सोमवार , श्रावण १४, २०८१

काठमाडौं, १४ साउन । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले व्यवसाय गर्न सहज वातावरण बनाउने प्रयास गरेको बताएका छन् ।

कार्गो दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले मौद्रीत नीतिका साथै अन्य नीतिबाट पनि व्यवसाय गर्न सहज वातावरण बनाउने काम सरकारले गरेको बताएका हुन् ।

उनले अव कुरा भन्दा पनि काम गरेर देखाउनुपर्ने अवस्था आएको धारणा राखे । कार्गो क्षेत्रको समस्या समाधानका लागि सरकारले गर्नुपर्ने कामका लागि आफुले सहजीकरण गर्ने उनको भनाइ छ ।
कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।