२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स डिष्ट्रिक ३२५ (पी) को प्रथम क्याबिनेट बैठक हुँदै

मंगलवार , श्रावण १५, २०८१

बुटवल, १५ साउन ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपाल वर्ष २०२४/०२५ को प्रथम डिष्ट्रिक क्याबिनेट मिटिङ (बैठक) हुने भएको छ । एरिया–३ को संयोजनमा हुन लागेको बैठकमा डिष्ट्रिक ३२५ पी का १ हजार २ सय जनाको सहभागीता रहने डिष्ट्रिक सचिव माधव खनालले जानकारी दिए ।  

यही साउन २६ गते शनिबार भैरहवाको होटल सिद्धार्थ भिलासामा बैठक आयोजना हुने भएको एरिया चिफ शान्ति पाठक पाण्डेले जानकारी दिइन् ।  

कार्यक्रममा डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, लायन्स इन्टरनेशनल डारेक्टर बालकृष्ण बुर्लाकोटी, लायन्स इन्टरनेशनल जिएटी एरिया लिडर खगेद्र सिटौला, मल्टीपल चेयर काउन्सील रमेश लामा लगायतका लिडरहरु सहभगी रहनेछन । लायन्स वर्ष २०२४/०२५ मा सामाजिक उद्यमशिलतालाई मुख्य प्राथमिकतामा राखेर  कार्यक्रम आयोजना गरिएको हो ।