२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभिमुखीकरण

मंगलवार , श्रावण १५, २०८१

भैरहवा, १५ साउन ।
माइती नेपाल आवधिक गृह भैरहवा, रुपन्देहीको आयोजनामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार भैरहवामा सम्पन्न भएको छ । मानव बेचबिखन विरुद्धको विश्व दिवस–२०२४ को अवसरमा समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको माइती नेपाल आवधिक गृह भैरहवाकी प्रमुख माया क्षेत्रीले बताइन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित रानीगाउँ महिला समूह समाजको हलमा भएको कार्यक्रममा विभिन्न समूह एवं संस्थामा आबद्ध २५ जना महिलाहरुको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै क्षेत्रीले मानव बेचबिखनविरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम गरिएको बताइन् । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताइन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ की वडा सदस्य हरिमाया गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।