
मंगलवार , श्रावण १५, २०८१
काठमाडौं, १५ साउन ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कांग्रेसले मन्त्रीहरुको नाम सिफारिस गर्न ढिला गरेका कारण सरकार गठनमा समय लागेको बताएका छन् ।
सोमवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार गठन बारे लगभग सहमति भइसकेको र नेकपा एमालेले मुख्यमन्त्रीसहित ५ वटा र नेपाली कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको बताए । तर, कांग्रेसका तर्फबाट नाम नआउँदा ढिलाइ भएको उनको भनाइ छ ।
उनले केन्द्रमा भएको सहमति अनुसार नै आधा आधा कार्यकाल सरकार चलाउने सहमति भए अनुसार चाडै मन्त्रिमण्डल पुनर्गठन हुने बताए ।
मुख्यमन्त्री कार्कीले बजेट संशोधन नभइ केही विषयमा पूनरावलोकन गरिने समेत बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij