२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

मंगलवार , श्रावण १५, २०८१

काठमाडौं, १५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मंगलबार (आज) विश्वासको मत लिँदैछन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।

यही साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामाले विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा (एकीकृत समाजवादी) का ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेश सभा सदस्य छन् ।