२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्थ सचिव डा. घिमिरेलाई स्वागत तथा मरासिनीलाई बिदाई

मंगलवार , श्रावण १५, २०८१


काठमाडौं, १५ साउन ।
अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका मधुकुमार मरासिनीलाई बिदाई गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो । 

मन्त्रिपरिषद्को सोमबार (हिजो) को बैठकले राजस्व सचिव डा. घिमिरेलाई अर्थ सचिवमा र अर्थ सचिव मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । 

WhatsApp Image 2024-07-30 at 6.57.24 PM.jpeg

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ सचिव डा. घिमिरेले अर्थ प्रशासनको सफल नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए । 

उनले अर्थ सचिव रहँदा मरासिनीले बजेट निर्माण लगायतमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै जुनसुकै ठाउँमा रहे पनि राष्ट्रका लागि योगदान गर्ने विश्वास व्यक्त गरे । 

अर्थ सचिव डा. घिमिरेले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई धन्यवाद दिँदै सबैको साथ लिएर अघि बढ्ने बताए । 

सचिव मरासिनीले जहाँ रहे पनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक पर्दा अर्थ मन्त्रालयलाई सहयोग गर्ने बताए ।