
मंगलवार , श्रावण १५, २०८१
काठमाडौं, १५ साउन ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिहं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।
मत सम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको थियो भने विपक्षमा ३५ मत प्राप्त भएको थियो । त्यस्तै ३ सांसद् तटस्थ बसेका थिए ।
बागमती प्रदेश सभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।
मुख्यमन्त्री लामा गत साउन ८ गते नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij