२०८३, बैशाख ११ गते

Apr 24 2026 | २०८३, बैशाख ११ गते

लायन्स तिलोत्तमा स्टार्सले अविनाश आश्रममा खुवायो खिर

मंगलवार , श्रावण १५, २०८१

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा, १५ साउन ।
    लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा खिर खुवाउने कार्यक्रम गरेको छ । क्लबले साउन १५ अर्थात खिर खाने दिनको अवसरमा मंगलबार आश्रममा रहेका बालबालिकालाई खिर खुवाएको क्लबकी वर्ष २०२४/०२५ की अध्यक्ष बिना पौडेल क्षेत्रीले बताइन् ।

    क्लबको वार्षिक कार्ययोजना तथा लायन्स अन्तर्राष्ट्रियको ‘हंगर रिलिफ कार्यक्रम’ अन्तर्गत कार्यक्रम गरिएको कार्यक्रम संयोजक पिताम्बर खनालले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स एलसीआईएफ कोर्डिनेटर अर्चित श्रेष्ठले लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले गरेको कार्य सराहनीय रहेको बताए ।

    रिजन चेयरपर्सन सुरेन्द्र मान भारीको विशिष्ट आतिथ्यता, बाल गुरु बेदमुर्ती विष्णु कश्यप,  लायन्स तिलोत्तमा स्टार्सकी निवर्तमान अध्यक्ष लक्ष्मी थापा, नेपाल अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली, लायन्स क्लब अफ सिद्धार्थनगर मिटटाउन कोटिहवाका पूर्वअध्यक्ष विष्णु पराजुली, शुभ यात्रा नेपालका अध्यक्ष मधुसुदन गैरे, रुपन्देही जिल्ला अध्यक्ष मुक्ति गैरलगायतको उपस्थिति रहेको थियो ।

    75ed2092-0dd9-4a0c-a0c5-dc8bb8a6b937.jpg

    लायन्स तिलोत्तमा स्टार्सका प्रथम उपाध्यक्ष रमेश पराजुलीको स्वागत, क्लबका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक पिताम्बर खनालको धन्यवाद ज्ञापन तथा क्लबकी सचिव दीपा पाण्डेय गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन १५ आज घरघरमा खीर खाएर मनाइएको छ ।