
बुधवार , श्रावण १६, २०८१
भैरहवा, १६ साउन ।
आफ्नो जन्मदिनको अवसरमा भैरहवाका एक युवाले तिलोत्तमा नगरपालिका–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमलाई खाद्यान्न सामग्री तथा नगद सहयोग गरेका छन् ।
सिद्धार्थनगर नगरपालिका–९ निवासी सन्दिप मौर्यले बुधबार बिहान आश्रममा पुगेर विभिन्न खाद्यान्न सामग्री तथा नगद रु. १० हजार १ सय आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् । सन्दिप भैरहवाको देवकोटाचोकस्थित मौर्य होटल प्रा.लि.का प्रबन्ध निर्देशक समेत हुन् ।
२१ वर्ष पूरा भइ २२ औं वर्षमा प्रवेश गरेका सन्दिपले भने, ‘आफू मात्र नभइ आश्रममा रहेका बालबालिकाहरुलाई पनि खुसी देख्न पाइयोस् भन्ने उद्देश्यले आश्रममा पुगेको हुँ । आफ्नो खुसी बालबालिकाहरुसँग साट्न पाएकोमा खुसी छु ।’
सन्दिपका पिता तथा मौर्य होटलका सञ्चालक राम बहादुर कोइरीले छोराको जन्मदिनमा आश्रममा पुगेर कार्यक्रम गर्न पाएकोमा खुसीको अनुभुति भएको बताए ।
आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीले जन्मदिनको अवसरमा नेपाल अविनाश अनाथ आश्रमलाई सम्झेर सहयोग गरेको भन्दै मौर्य परिवारलाई धन्यवाद दिए । उक्त कार्यक्रममा सन्दिपका दाजु तथा समाजसेवी राकेश कोइरी, मौर्य होटलका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij