२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

फेसबुक धेरै चलाउनुहुन्छ ? डिप्रेसनको सिकार बन्नुहोला

बुधवार , श्रावण १६, २०८१

अहिले बिश्वमै डिप्रेसनका बिरामीको सङ्ख्या बढ्दो मात्रामा रहेको छ । बिभिन्न कारण मानिसहरु डिप्रेसनको सिकार बनिरहेका छन् । 

डिप्रेसन एक मानसिक स्वास्थ्यको अवस्था हो, जसले व्यक्तिको भावनात्मक, शारीरिक र सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्छ । यसले निराशा, उदासी, थकान, र जीवनप्रति चासोको कमी जस्ता लक्षणहरू उत्पन्न गर्न सक्छ ।

सामाजिक दबाब, आधुनिक जीवनशैली, कामको चाप, र सामाजिक मिडियाको प्रभावले मानिसहरूमा तनाव र असुरक्षा बढाउन सक्छ । 

एक अध्ययनका अनुसार फेसबुकको अधिक प्रयोगका कारण पनि डिप्रेसनको सिकार बन्ने गरेको पाईएको छ । फेसबुकमा रहने मानिस पनि डिप्रेसनको रोगी हुने भएको, खुसी र सन्तुष्टिमा कटौती भएकोले यसबाट बहिर्गमन भएमा निराशबाट मुक्ति पाउन सकिने युनिर्भसिटी अफ मिचिगनले देखाएको छ ।

यसका साथै आर्थिक समस्या, आर्थिक संकट, बेरोजगारी, र वित्तीय तनावले पनि डिप्रेसनको जोखिम बढाउने अध्येताहरुको भनाई छ । 

कसरी हुन्छ डिप्रेसनको उपचार:

डिप्रेसनको उपचारका लागि मनोचिकित्सा, औषधि र जीवनशैलीमा परिवर्तन जस्ता उपायहरू उपयोगी हुन सक्छन् ।

यदि तपाईं वा तपाईंको चिनेजानेको व्यक्तिले डिप्रेसनको लक्षणहरू अनुभव गरिरहनु भएको छ भने, चिकित्सकसंग सल्लाह लिएर उपचारमा जानु उत्तम हुन्छ ।