२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ लेडी जेसीजद्वारा ध्यान तथा उत्सव कार्यक्रम

बुधवार , श्रावण १६, २०८१

भैरहवा । जेसीआई सिद्धार्थ लेडी नेपालले विभिन्न कार्यक्रम गरी २८औं स्थापना दिवस मनाएको छ । जेसीआई सिद्धार्थ लेडी नेपालको स्थापना भएको दिनलाई स्मरण गर्दै ध्यान तथा उत्सव कार्यक्रम गरिएको थियो । 

संस्थाकी अध्यक्ष संगिता आचार्यको अध्यक्षतामा भैरहवास्थित ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा ध्यान तथा उत्सव गरिएको थियो । व्यस्त जीवनशैलीका कारण आम मानिसमा तनाव लगायतका समस्या बढ्दै गएका कारण त्यसको न्यूनीकरणमा टेवा पुयाएउन ध्यान तथा उत्सव कार्यक्रम गरिएको उनले बताइन् । 

कार्यक्रमको प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका क्षेत्रीय प्रमुख शान्ति सुवेदीले वर्तमान अवस्थामा ध्यानको महत्व बढ्दै गएको बताइन् । उनले कामको सिलसिलामा मानिसहरु अत्यन्तै व्यस्त हुन थालेका कारण उनीहरुमा ध्यानको आवश्यकता बढ्दै गएको बताइन् । 

j1.jpg

कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष दीपक काफ्लेसहित पदाधिकारी, सदस्य तथा लेडी जेसिजका पूर्वअध्यक्ष र जेसीआईका सदस्यहरु लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक रीता थापाले जानकारी दिइन् ।