२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

भैरहवामा सञ्चालनमा आयो ‘श्री यूनिसेक्स सैलुन’

बिहिवार , श्रावण १७, २०८१

भैरहवा, १७ साउन ।
रुपन्देहीको भैरहवामा ‘श्री यूनिसेक्स सैलुन’ सञ्चालनमा आएको छ । २५ लाख रुपैयाँको लगानीमा सिद्धार्थनगर नगरपालिका–८ स्थित देवपथ (कुमारी बैंक भएको भवन) मा सैलुन सञ्चालनमा आएको प्रोप्राइटर सृजना कान्दुले बताइन् । उनका अनुसार सैलुनमा ५ जनाले रोजगारी पाएका छन् । ‘अत्याधुनिक मेशिनहरुसहितको सुविधासम्पन्न पार्लर छ, ’उनले भनिन् ।

सैलुनको बिहीबार लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.) ले उद्घाटन गरेकी हुन् ।

सो अवसरमा बोल्दै सांसद् के.सी.ले महिलाहरु सीपमूलक तालिम लिएर आयआर्जनमा लाग्नु महत्वपूर्ण कार्य भएको बताइन् । उनले महिला आत्मनिर्भर बन्नुपर्ने आवश्यकता रहेकोमा जोड दिइन् । उनले महिला उद्यमीहरुको संख्या बढ्नु महत्वपूर्ण कुरा भएको बताइन् ।

WhatsApp Image 2024-08-01 at 2.14.20 PM (2).jpeg