२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स भैरहवा ग्रीन सिटीद्वारा वृक्षरोपण

बिहिवार , श्रावण १७, २०८१

भैरहवा, १७ साउन ।
लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले वृक्षरोपण कार्यक्रम गरेको छ । क्लबले रुपन्देहीको ओमसतिया गाउँपालिका–२ स्थित पडसरीस्थित सडक किनारमा ३० वटा विरुवा रोपेको कार्यक्रम संयोजक भानु पौडेलले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५, पी  एरिया–५ का एरिया चिफ अभिनव मयूर कसौधनले विश्व जलवायु परिवर्तनको चपेटामा परिरहेको समयमा क्लबले वातावरण संरक्षणको लागि चालेको कदम सराहनीय भएको बताए ।

त्यस्तै ओमसतिया–२ का वडा सदस्य कलाधर लम्सालले रोपिएका विरुवाको संरक्षणका लागि पालिका तहबाट पनि पहल गर्ने बताए ।

लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी वर्ष २०२४/०२५ का अध्यक्ष कमल रायमाझीले वातावरण संरक्षणको हेतुले आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा उपस्थिति सबैप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्ट, क्लबका पूर्वअध्यक्ष गोविन्द प्रसाद गिरी, राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवा प्रमुख रोशन बस्नेत लगायतले वृक्षरोपणको महत्ववारे प्रष्ट पारेको थिए । हेमन्त जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

975cdbe2-251b-48eb-b30f-36d5032a000d.jpg
404e6045-25f4-49ce-a502-73e4e1d0dcd9.jpg