२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमालेको विपद् व्यवस्थापन विभाग प्रमुख र रुपन्देही–३ को इञ्चार्जमा भट्टराई

बिहिवार , श्रावण १७, २०८१

भैरहवा, १७ साउन ।
नेकपा (एमाले) ले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुखको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले भट्टराईलाई उक्त जिम्मेवारी दिएको हो ।

उक्त जिम्मेवारीसँगै उनलाई प्रतिनिधि सभा क्षेत्र नम्बर ३, रुपन्देहीको इञ्चार्जको समेत जिम्मेवारी दिइएको छ । पूर्व राष्ट्रिय सभा सदस्य समेत रहेका भट्टराई यसअघि कपिलवस्तु जिल्लाको इञ्चार्ज थिए ।