२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रास्वपा)को दुईदिने बन्द कार्यशाला सुरु

शुक्रवार , श्रावण १८, २०८१

काठमाडौं, १८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । 

केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिएको कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभाग सदस्यहरुलाई बिभिन्न ६ समूहमा बिभाजन गरि छलफल भइरहेको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिए ।

पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यलाई रणनीतिक रुपमा क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला आयोजना गरिएको उनले बताए ।

बन्द कार्यशालाबाट आएका सुझावहरुलाई पुनः छलफल गरेर निष्कर्ष निकाली पार्टीको भावी रणनीति तय गर्ने रावललेले जानकारी दिए । .

कार्यशालामा विचार, संगठन, मूल्य मान्यता, संसदीय मामिला, लिडरसिप एकेडेमी र क्यान्डिडेट क्लब तथा पार्टी अभियान लगाएत ६ वटा बिषयमा केन्द्रीत भएको रास्वपाले जनाएको छ ।