२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

मानव अधिकार तथा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण

मंगलवार , फाल्गुण १८, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, १८ फागुन । 
    मर्चवार सामुदायिक विकास केन्द्र (एमसीडीसी) कोटहीमाई ५ मझगावा, रुपन्देहीको आयोजनामा मानव अधिकार तथा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ  ।

    मर्चवारमा भइरहेका विभिन्न घटना तथा अपराध न्यूनीकरण गर्ने उद्देशले कक्षा १२ का विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न संस्थाले जनाएको छ ।

    युवाहरु देशकै मेरुदण्ड भएको र उहाँहरुलाई कानूनको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष ज्ञानेश्वर उपाध्यायले बताए । 

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी गया प्रसाद बरईले कानुनी प्रावधान र अधिकारबारे युवाहरुलाई जानकारी गराउन आवश्यक रहेको बताए । विशिष्ट अतिथि उमेश कुर्मीले यस्तो कार्यक्रमले किताबी ज्ञानका साथै व्यवहारिक ज्ञान पनि आवश्यक रहेको बताए । 

    श्री जनता माध्यमिक विद्यालय ओडवलियामा सम्पन्न कार्यक्रमको सञ्चालन हिना तिवारीले गरेकी थिइन् । कार्यक्रममा ममता बरईले प्रशिक्षण दिएकी थिइन् ।  कार्यक्रममा मर्चवार सामुदायिक विकास केन्द्रका सदस्य विनय यादव, राजकुमार हरिजन लगायतको उपस्थिति रहेको थियो ।