२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल राष्ट्रिय अभिभावक संघ सिद्धार्थनगरको अध्यक्षमा उमा काफ्ले

शुक्रवार , श्रावण १८, २०८१

भैरहवा, १८ साउन ।
नेपाल राष्ट्रिय अभिभावक संघ, सिद्धार्थनगर, रुपन्देहीको अध्यक्षमा उमा काफ्ले चयन भएकी छन् । संघ सिद्धार्थनगरको प्रथम अधिवेशनबाट काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कमिटी चुनिएको हो । अधिवेशनबाट सबै पदाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएका हुन् ।

काफ्ले सिद्धार्थनगर नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत हुन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ निवासी उनी विभिन्न सामाजिक संघ–संस्थामा रहेर सफलतापूर्वक नेतृत्व गरिसकेकी छन् । लामो सामाजिक इतिहास बोकेकी काफ्लेलाई अध्यक्षमा चयन गर्न पाउँदा खुशी लागेको सदस्यहरुको प्रतिक्रिया छ ।

संघको उपाध्यक्षमा अर्जुन गौतम, सचिवमा फणीन्द्र पौडेल, सह–सचिवमा तारापति भण्डारी, कोषाध्यक्षमा कमला थापा र सह–कोषाध्यक्षमा दर्पण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामबहादुर बस्नेत, सुनिल पुन, गुरुचरण प्रजापति, विजय धवल, शैलेन्द्र यादव, दुर्गाबहादुर बिक र अमृत अधिकारी चयन भएका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि काफ्लेले आफ्नो कार्यकालमा सबै पदाधिकारी र सदस्यहरुलाई साथमा लिएर रचनात्मक काम गर्ने बताइन् । नेपाल राष्ट्रिय अभिभावक संघ, रुपन्देहीका अध्यक्ष भोजबहादुर बुढाथोकीले काफ्लेले नेतृत्वले नगरका सकारात्मक उर्जा भर्ने गतिविधि गर्ने विश्वास व्यक्त गरे ।