२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जापानले भवन सरसरफाई तथा व्यवस्थापनमा नेपाली कामदार लैजाने

शुक्रवार , श्रावण १८, २०८१

काठमाडौं, १८ साउन ।

जापानमा भवन सरसरफाई तथा व्यवस्थापनको काममा जान चाहने नेपाली कामदारको भाषा र सीप परीक्षण नोभेम्बरको २७ देखि डिसेम्बर ८ तारिकभित्र हुने भएको छ ।  जापानको (एसएसडब्लू) प्रणालीमार्फत जापान जान चाहने कामदारको परीक्षाका लागि तयारीको अवस्था बुझ्न नेपाल आएको जापानका टोलीले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग छलफल गर्दै परिक्षाका बारेमा जानकारी गराएको हो । 

जापानमा कामदार पठाउन नेपाल सरकारसँग भएको सम्झौता र कार्यविधिका आधारमा दक्ष जनशक्तिलाई जापान पठाउन लागिएको विभागका महानिर्देशक घिमिरेले बताए । 

छलफलका क्रममा भाषा र सीप परीक्षणका लागि भइरहेको तयारीका बारेमा कुराकानी भएको उनले बताए । उनले जापानमा एउटै कम्पनीमार्फत ३० हजार कामदार लैजान जापानी टोली इच्छुक देखिएको जानकारी दिए ।

भवन सरसरफाई तथा व्यवस्थापनको काममा पहिलोपटक जापानले नेपाली कामदार लैजान लागेको हो । परीक्षाको सम्पूर्ण काम काठमाडौंस्थित पिएनटी ट्रेनिङले व्यवस्थापन गर्ने जापानी टोलीले जनाएका छन् ।