२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

इडनबाट उत्कृष्ट नतिजासहित तीन विद्यार्थी ‘ए’ ग्रेडमा उत्तीर्ण

शुक्रवार , श्रावण १८, २०८१

बुटवल, १८ साउन ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशित गरेको कक्षा १२ को नतिजामा इडन इङलिस बोडिङ्ग स्कूल बुटवल–११ नहरपुर, रुपन्देहीले उत्कृष्ट नतिजा हासिल गरेको छ । इडनबाट सहभागी भएका १५ विद्यार्थीहरुमध्ये तीनजनाले ‘ए’ ग्रेड ल्याउन सफल भएका छन् । सुदीक्षा गिरीले ३.३९, सर्गम थापाले ३.३७ र सृष्टि चौधरीले ३.२२ जीपीएसहित ‘ए’ ग्रेड ल्याउन सफल भएका हुन् ।

त्यस्तै ६ जना विद्यार्थीले बी प्लस ग्रेड ल्याएका छन् भने ५ जना विद्यार्थीले बी ग्रेड ल्याएका छन् । समग्रमा विद्यालयको उत्कृष्ट रहेको विद्यालयका प्राचार्य शिवहरी भट्टराईले बताए । 

विद्यालयमा प्री नर्सरीदेखि प्लसटुसम्म अध्यापन हुँदै आइरहेको छ । प्लसटुतर्फ होटल म्यानेजमेन्ट र व्यवस्थापन विषयमा अध्यापन हुँदै आइरहेको विद्यालयका सहायक प्राचार्य कुशल बस्यालले बताए ।

इडन इङ्लिस बोर्डिङ स्कूल बुटवलपारीको उत्कृष्ट विद्यालय समेत भएको  विद्यालयको दावी छ । साथै शुक्रबार नै विद्यालयमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन समेत सम्पन्न भएको छ । नतिजा प्रकाशनमा अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागीता रहेको थियो । विद्यालयमा हाल १ हजार भन्दा धेरै विद्यार्थीहरुले अध्ययनरत छन् ।