images

बुधवार, बैशाख १२ गते २०८१

उद्योगी व्यवसायीको हकहितमा काम गर्ने मेरो अथक प्रयास रहनेछ

उद्योगी व्यवसायीको हकहितमा काम गर्ने मेरो अथक प्रयास रहनेछ

images
images
images
मंगलवार, फाल्गुण १८ २०७७
मंगलवार, फाल्गुण १८ २०७७
  • उद्योगी व्यवसायीको हकहितमा काम गर्ने मेरो अथक प्रयास रहनेछ

    २०७७ फागुन २१ र २२ गते सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६२ औं वार्षिक साधारणसभा तथा अधिवेशन हुँदैछ । यसै सन्दर्भमा संघको अधिवेशनमा वाणिज्यतर्फको कार्यसमिति सदस्य पदको उम्मेदवार दिनेश मान अमात्यसंग गरिएको कुराकानीको सम्पादित अशं :

    images

    तपाई सिद्धार्थ उद्योग वाणिज्य संघको अधिवेशनमा उम्मेदवारी दिनुभएको छ ? के कस्ता मुद्दाहरु लिएर उम्मेदवार बन्नुभएको छ ?

    मुद्दा भनेको मुलत : समग्र भैरहवावासी उद्योगी, व्यवसायीहहरुको विकासको निम्ति उहाँहरुको कतिपय समस्याहरु राज्यले नसुनेको अवस्था छ र वेवास्ता गरेका अवस्था छ । ती मुद्दाहरुलाई सुन्ने गराउने र वास्ता गर्ने/गराउने संस्थामा आउनुको मुख्य उद्देश्य नै हो ।

    तपाईको व्यवसाय कस्तो चलिरहेको छ ?

    व्यवसायको बारेमा भन्नुपर्दा म दुईवटा क्षेत्रमा आबद्ध छु, शिक्षा र अटोमोबाइल । शिक्षा क्षेत्रलाई कोभिड–१९ ले केही असर पुर्याएको थियो  । तर अहिले त्यति भय÷त्रासको अवस्था छैन् । कक्षा निरन्तर सञ्चालन भइरहेको छ । त्यत्ति ग्राहो त छैन । त्यस्तै अटोमोबाइलले पनि क्रमश : गति लिइरहेको छ । पक्कै पनि केही महिनाभित्र पुरानै स्थितिमा पुग्नेछौं भन्ने मलाई लाग्छ ।

    कुन क्षेत्र र वर्गका व्यवसायीको प्रतिनिधित्व गर्नुहुन्छ ?    

    मैले अटोमोबाइल र शिक्षा विशेष यी दुवै क्षेत्रलाई जोड दिनेछु । त्यस्तै अन्य क्षेत्रमा पनि मेरो लगाव रहनेछ । उहाँहरुलाई माथि उकास्ने प्रयास गर्नेछु ।

    तपाईलाई उद्योगी व्यवसायीले किन मतदान गर्ने ? अर्थात किन छान्ने ?

    मतदान किन गर्ने भन्नेमा म केही उद्देश्यहरु लिएर सिद्धार्थ उद्योग वाणिज्य संघमा आउन खोजिरहेको छु । मेरो उद्देश्य भनेको समग्र सिद्धार्थनगरवासी र यहाँका नगरवासी उद्योगी व्यवसायीको समस्या समाधान गर्ने नै हो । उद्योग व्यवसायलाई कसरी अगाडी बढाउने भन्ने विषयमा नै म लागिरहनेछु । सिद्धार्थनगरलाई संघमार्फत नमूना शहरको रुपमा बनाउन सकिन्छ भन्ने मेरो सोच रहेको छ । यहाँ विभिन्न किसिमका अवसरहरु छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन लागिरहेको छ । यसले पनि अवसरहरु सिर्जना गरिदिएको छ । त्यो अवसरलाई कसरी समातेर अगाडी बढ्न सकिन्छ । ती कुरालाई केन्द्रीत गरेर अगाडी बढ्ने हुँदा मलाई मतदान गरेर विजयी बनाउन सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दछु ।

    विजयी हुनुभयो भने व्यवसायिक हकहितका लागि के कस्तो काम गर्नुहुन्छ ?

    विजयी भइयो भने मैले गर्नुपर्ने दायित्वहरु जति पनि रहेको छ, ठूलादेखि साना उद्योगी व्यवसायीहरुसम्मका समस्या, उहाँहरुलाई आइपरेका कठिनाइहरु, उहाँहरुले राज्यप्रति गर्नुपर्ने आफ्नो दायित्व, राज्यले उहाँहरुलाई दिनुपर्ने सहुलियत र उहाँहरुलाई अधिकार दिलाउने मेरो जमर्को रहनेछ ।

    संघलाई बलियो र संस्थागत बनाउने तपाईंसंग कुनै योजना छ की ?

    म एउटा अटोमोबाइल क्षेत्र (फोर्स मोटर्स) संग सम्बन्धित छु । भारतमा हेर्नुहुन्छ भने फोर्स मोटर्सले एम्बुलेन्समार्फत स्वास्थ्य क्षेत्रहरु ओगटेको छ । यदी सिद्धार्थ उद्योग वाणिज्य संघसंग मेरो सहकार्य हुन गएमा हामीले पनि फोर्स मोटर्सलाई अनुरोध गरेर केही एम्बुलेन्सहरु यस सिद्धार्थनगरमा गुडाउन सकिन्छ, जसले गर्दा स्वास्थ्य उपचारबाट विमुख हुन नपरोस् र समयमै विरामीलाई अस्पताल र स्वास्थ्य चौकी पु¥याउन सहज हुनेछ । यसले सिद्धार्थनगरवासीले संघलाई हेर्ने नजर राम्रो होस् र अझ प्रतिष्ठित संस्थाको रुपमा अगाडी बढेस् भन्ने लाग्छ ।

    संघमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यहरुले आफ्नो स्वार्थमा मात्र काम गर्छन्, उद्योगी व्यवसायीको हकहित हेर्दैनन् भन्ने आरोप छ नि ?

    आरोप त मान्छे कुनै पदमा पुगिसकेपछि राम्रो÷नराम्रो कुरा सबै सुन्नुपर्छ । होलान् केही उद्योगी व्यवसायीको कुराहरु सुनुवाई भएन होला, उहाँहरुको समस्या समाधान भएनन् होला । यो कारणले बजारमा यस्ता कुरा आएको हुन सक्छ । तर मेरो हकमा उद्योगी व्यवसायीको हकहितमा काम गर्ने मेरो अथक प्रयास रहनेछ । यस्तो आरोप उहाँहरुले लगाउने स्थिति दिनेछैन । मैले उहाँहरुको प्रत्येक समस्या तथा सुझावलाई आफ्नो जस्तै मानेर संघमार्फत समाधान हुने वातावरण सिर्जना गर्नेछु । सदस्यहरुलाई र संघलाई विश्वास गर्नुस्, तपाईहरुलाई निराश हुन दिनेछैनौं ।

    अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ?

    अन्त्यमा तपाईहरुको हकहितको लागि अगाडी बढ्ने, तपाईहरुको समस्या समाधान गर्नसक्ने र कुराहरुलाई ठाउँमा पुर्याउन सक्ने सदस्यलाई निर्वाचित गर्न आग्रह गर्दछु । संघको गरिमालाई जसले झुक्न नदिने गरी काम गर्न सक्छ, त्यस्ता सदस्यलाई निर्वाचित गरेर नगरको विकासमा टेवा पुर्याउन आग्रह गर्दछु ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij