२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘वर्ल्ड तेक्वान्दो इन्टरनेशनल रेफ्री’ बने राकेश यादव

शनिवार , श्रावण १९, २०८१

भैरहवा, १९ साउन ।
रुपन्देही जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव राकेश यादव ‘वर्ल्ड तेक्वान्दो इन्टरनेशनल रेफ्री’ बन्न सफल भएका हुन् । क्रियटिभ तेक्वान्दो डोजाङ्गका प्रमुख मास्टर समेत रहेका यादव वल्र्ड तेक्वान्दो इन्टरनेशनल रेफ्री बन्न सफल भएको रुपन्देही जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष दिपेन्द्र बुढाप्रितीले बताए ।

विगत ३ दशकदेखि उनी तेक्वान्दो खेलाडी, प्रशिक्षक, राष्ट्रिय निर्णायक हुँदै अहिले वर्ल्ड तेक्वान्दो इन्टरनेशनल रेफ्री बन्न सफल भएका छन् । ‘मलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु, यादवले भने, तेक्वान्दो खेलको विकासमा लागिरहेको छु र निरन्तर लागिरहनेछु । आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नेछु ।’

तेक्वान्दो खेलको प्रवद्र्धन तथा विकासमा लागिपरेका सिद्धार्थनगर नगरपालिका–७ निवासी यादव कृषि विकास बैंकमा समेत कार्यरत छन् ।