
शनिवार , श्रावण १९, २०८१
तिलोत्तमा, १९ साउन ।
लियो क्लब अफ भलवारीले पर्रोहा बोलबम मन्दिरमा बोलबम यात्रा, सरसफाई तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । साउन महिनामा बोलबम यात्रालाई मध्यनजर गर्दै उक्त कार्यक्रम गरिएको क्लबले जनाएको छ ।
लायन्स क्लब अफ भलवारीका अध्यक्ष लायन्स भरत खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १५ जना लियो सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष सागर आचार्य, कार्यक्रम संयोजक रुपा श्रीवास्तवले भनाइ राखेका थिए ।
त्यस्तै क्लबले त्यहाँ उपस्थिति करिब ३ सय जना भक्तजनहरुलाई चिया वितरण तथा उपस्थित भक्तजनहरुलाई लाइनमा बस्न समेत सहयोग गरेको छ । क्लबले त्यस क्षेत्रमा यत्रतत्र छरिएका फोहोरलाई व्यवस्थापन गरेको क्लबका सचिव मधु पौडेलले जानकारी दिए ।
कार्यक्रममा साथ दिने सम्पूर्णलाई धन्यवाद दिदै क्लबकी अध्यक्ष सामना के.सी क्लबले आउने दिनहरुमा पनि समाजमा केही परिवर्तन आउने कार्यक्रम गर्ने जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij