
शनिवार , श्रावण १९, २०८१
काठमाडौं, १९ साउन ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणालीलाई खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले समावेशीतालाई अन्त्य गर्नका लागि कांग्रेस–एमाले मिलेर सरकार बनाएको आरोप लगाए ।
उनले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलव्धी समावेशीता भएको र राज्यकै तर्फबाट नै अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको जिकिर गरे ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले संघीयता, समावेशीका कारण नभइ दलहरुकै कारण मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको धारणा राखे ।
उनले समावेशीसहितको लोकतन्त्रलाई हटाएर राजनीतिक स्थीरता खोज्न नहुनेमा जोड दिए । उनले यसअघि माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएको आरोप समेत लगाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij