२०८३, जेठ १ गते

May 15 2026 | २०८३, जेठ १ गते

मुलुकलाई नयाँ दिशा दिन कांग्रेस–एमाले एकठाउँ आउनुपर्‍यो : योगेश भट्टराई

शनिवार , श्रावण १९, २०८१

  • 796
    Shares
  • 796
    Shares
  • साउन, १९ साउन ।

    नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाउँ आउनुपरेको बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउँदा विकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाउँ आउनुपरेको बताए ।

    उनले इतिहासको कठिन मोडमा कांग्रेस–एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अब मुलुकलाई अघि बढाउनका लागि पनि एकठाँउ आएको जिकिर गरे । उनले अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगाएतका विषयलाई सहज ढंगले अघि बढाइने धारणा राखे । 

    नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस–एमालेले अग्रसरता लिए पनि सबै राजनीतिक दलहरुलाई एकसाथ लिएर जाने उनले बताए।

    पूर्वमन्त्री समेत रहेका भट्टराईले नेपालको जलवायु परिवर्तनको असर ताप्लेजुङ लगायतका हिमाली क्षेत्रमा धेरै देखिएकाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।