
आइतवार , श्रावण २०, २०८१
काठमाडौं, २० साउन ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा फैलाइएको भ्रममा नपर्न आग्रह गरेका छन् । आइतबार एमाले पार्टी कार्यालय च्यासलमा मनोनित भएका पदाधिकारीका साथै अन्य केन्द्रीय सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै ओलीले देश र जनताको हितका लागि आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने भन्दै अहिले संशोधनका विषयमा भ्रम फैलाउन खोजिएकाले भ्रममा नपर्न आग्रह गरे ।
अहिलेको समीकरणले संविधान संशोधनको कुरा गर्दा प्रतिगमनको मुद्दा बोकेर हिंडेका पार्टीले स्टन्डबाजी गर्न खोजेको उनले बताए । ओलीले एमाले सही विचार बोकेर देश केन्द्रीत, परिवर्तन केन्द्रीत कार्यक्रमका साथ अघि बढ्ने उल्लेख गरे । उनले लोकतन्त्रमा नाममा पार्टीभित्र गुटबन्दी भए पार्टी समाप्त हुने जिकिर गरे ।
एमालेभित्र कुनै पनि प्रकारको गुटबन्दी स्वीकार्य नहुने उनको भनाइ छ । यसअघि बसेको एमाले सचिवालय बैठकले एकजनालाई उपाध्यक्ष, दुईजनालाई स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij