२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कर्णाली प्रदेश सरकारमा सहभागी भयो कांग्रेस

आइतवार , श्रावण २०, २०८१

काठमाडौं, २० साउन ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सत्ता साझेदार दल कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुनेचार जना मन्त्रीको नाम पठाएको थियो ।

जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा छन् । 

नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरीएपछि उक्त चार मन्त्रालय खाली रहेको थियो ।