२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

रोटरी मेडिकोफ्युजनद्वारा स्वस्थ खानपिन सचेतना तथा वृक्षरोपण

आइतवार , श्रावण २०, २०८१

बुटवल, २० साउन । 

रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाईब्रीड नेपालको आयोजनामा देवदह नगरपालिका वडा नम्बर २ ढेकावरस्थित भविष्य निर्माण माध्यमिक विद्यालयमा बालबालिकामा स्वस्थ खानेकुरा, मनोसामाजिक समस्या तथा लागूऔषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम भएको छ । 

कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित सचेतना कार्यक्रमको अवसरमा ५० वटा विभिन्न प्रजातिका फूलका विरुवाहरु रोपिएको क्लबका अध्यक्ष रोटरीयन डा. विक्रम काफ्लेले जानकारी दिए ।

त्यसक्रममा बालबालिकामा स्वस्थ खानपिनका सन्दर्भमा बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले सहजीकरण गर्दै प्रशोधित जंकफूडको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा पार्ने प्रभावको बारेमा जानकारी गराएका थिए । त्यस्तै मनोविद् यशोदा बगालेले बालबालिकामा देखिने मनोसामाजिक समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको उपायको बारेमा प्रकाश पारिन् । त्यसै गरी क्लबका अध्यक्ष डा. काफ्लेले बालबालिकामा लागूऔषध सम्बन्धी दुव्र्यव्सनको अवस्थाको बारेमा जानकारी गराउँदै यसमा फस्नुको कारण र बच्ने उपायको बारेमा स्पष्ट पारे ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापा र विद्यालयका प्रअ गोविन्द भुसालले विद्यार्थीमा चेतना जगाउने कार्यक्रमहरु निरन्तर रुपमा गर्न क्लबलाई आग्रह गरे । कार्यक्रममा २ सय जना विद्यार्थीहरुको सहभागी थियो ।

Rotary (1).jpg