
आइतवार , श्रावण २०, २०८१
काठमाडौं, २० साउन ।
नेकपा (एकीकृत समाजवादी) का नेता नागेन्द्र राय यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन् । समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्री समेत बनिसकेका यादव आइतबार एमालेमा प्रवेश गरेका हुन् । उनीसहित मधेश प्रदेशबाट विभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश प्रवेश गराएका हुन् ।
सो क्रममा अध्यक्ष ओलीले इमान्दारीताका साथ पार्टी, देश र जनतामा केन्द्रीत भइ काम गर्न आग्रह गरे । उनले गुटका पछाडी नभइ पार्टीका पक्षमा दृढ रुपमा उभिनुपर्नेमा जोड दिए । विभिन्न कठिनाई, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै ओलीले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गरे ।
एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरी नेकपा (एकीकृत समाजवादी) अघि बढेकाले पुरानो पार्टी एमालेमा प्रवेश गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij