२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कांग्रेस–एमाले मिलेर बनेको यो सरकारलाई टिकाउनुपर्छ : डा. शेखर कोइराला

आइतवार , श्रावण २०, २०८१

काठमाडौं, २० साउन ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमालेको सरकार बनाइएकाले यसलाई टिकाइराख्नुपर्ने बताएका छन् । आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले पटकपटक सरकार परिवर्तन हुँदा राजनीतिक स्थिरता हुन नसकेका कारण ठूला दुई मिलेर सरकार बनाउनुपरेकाले यसलाई टिकाइराख्नुपर्ने बताए ।

उनले अहिलेको सरकारले गल्ती गरे आवाज उठाउनुपर्ने र सही दिशा दिनका लागि सुझाव दिनुपर्ने धारणा राखे । कोइरालाले अब निर्वाचन प्रणालीलाई सुधार गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताए । संविधान संशोधनका नाममा परिवर्तनको उपलव्ब्ी गुम्न सक्ने आशंका पैदा भएका अवस्थामा नेतृत्वलाई झकझकाउने काम कांग्रेस नेता तथा कार्यकर्ताले गर्नुपर्ने उनको भनाइ छ ।  

उनले सरकारले सम्पूर्ण ध्यान सुशासनका साथै आर्थिक विकासमा दिनुपर्ने धारणा उल्लेख गरे । कोइरालाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने दावी गरे ।

त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले पार्टीको विचार उच्च भए जनसमर्थन बढ्दै जाने बताए । पार्टीभित्र उठेको शुद्धीकरणको विषयलाई युवा नेताहरुले गम्भीरताका साथ लिने उनले बताए ।

महामन्त्री थापाले पद भन्दा पनि पार्टीलाई महत्व दिएर निष्ठाको केन्द्र बनाएरै छाड्ने प्रतिवद्धता जनाए ।