
सोमवार , श्रावण २१, २०८१
काठमाडौं, २१ साउन । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वभाविक रुपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वभाविक लिन नसकिने बताए । उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिए ।
महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रीक नीति र कांग्रेस–एमालेको सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।
उनले बढि भन्दा बढि जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनाहरुलाई प्राथमिकतामा राख्नुपर्ने र त्यही अनुसार बजेट बिनियोजन गर्नुपर्नेमा जोड दिए । बितिय व्यवस्थापनमा देखिएको बेथितिलाई अन्त्य गर्न नसके प्रतिवद्धता अनुसारको प्रतिफल आउन नसक्ने उनले बताए ।
उनले जथाभावी ऋण लिने प्रवृतिले देशलाई थप भार थपिने भएकाले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सुझाव दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij