२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लियो क्लब अफ बुटवलले मनायो ३९ औं वार्षिक उत्सव

सोमवार , श्रावण २१, २०८१

बुटवल, २१ साउन ।
लियो क्लब अफ बुटवलको अवार्ड सेरमोनी तथा ३९ औं वार्षिक उत्सव  कार्यक्रम गरिएको छ । कार्यक्रममा वर्ष २०२४/०२५ का अध्यक्ष प्रतिक खनालले संथापक अध्यक्ष तथा पूर्वअध्यक्षहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख कार्यालय दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले शान्ति सुरक्षा कायम गर्ने दायित्व प्रहरी प्रशासननो भएको बताउँदै यसको लागि लियो, लायन्स तथा युवाहरुको भुमिका समेत उच्च हुने बताए । उनले युवा पुस्ताले देशको प्रशासनिक क्षेत्रमा सहयोग गरेमा शान्ति स्थापना, अमनचयन कायम गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने, ‘हामी शान्ति स्थापनामा सबै निकायबीच सहजीकरणसहितको हातेमालो गर्न तयार छौं ।’ उनले समाजप्रतिको जिम्मेवारीलाई सहज रुपमा लिएर लियो क्लब जस्ता क्लबले महत्वपूर्ण योगदान पुर्याउने बताए ।

त्यस्तै लायन्स क्लब डिष्ट्रिक ३२५ पी का निवर्तमान गभर्नर तथा लायन्स क्लब अफ बुटवलका पूर्वअध्यक्ष अर्जुनमान सैजुले नारायणगढदेखि पश्चिम नेपालकै पूरानो क्लब लियो बुटवल सामाजिक सेवामा युवाहरुको सक्रियतामा गठन भएको क्लबले विगत ३८ वर्षदेखि नै अनुकरणीय कार्य गरेको भन्दै प्रंशसा गरे । उनले युवाहरुमा एकताको शक्ति हुने भन्दै युवाहरुमा रहेको एकताको शक्तिलाई कार्यमा रुपान्तरण गरी समाजमा उदाहरणीय बन्न सकिने बताए ।

WhatsApp Image 2024-08-05 at 3.13.34 PM.jpeg

लियो डिष्ट्रिकका पूर्वअध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का सेकेण्ड भिडिजि सन्दिप कसौधन, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का पूर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ, लियो डिष्ट्रिकका अध्यक्ष शारदा कुवंर, डिष्ट्रिक ३२५ पी का एडभाइजर तथा लियो बुटवलका पूर्वअध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, डिष्ट्रिक ३२५ पी का जीएलटी कोडिनेटर तथा पूर्वअध्यक्ष अनिल प्रसाद श्रेष्ठ, लायन्स आँखा अस्पतालका सभापति रामेश्वर प्रसाद श्रेष्ठ, लायन्स क्लब बुटवलका अध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठ, लायन्स क्लब बुटवलका पूर्वअध्यक्ष तथा लियो सल्लाहकार नरेश कुमार श्रेष्ठ लगायतले बोलेका थिए । लियो बुटवलको अक्षकोष अन्तर्गत यो वर्ष कान्ति माध्यमिक विद्यालयका छात्रा सुदिक्षा पौडेल र अस्मिना आचार्यलाई सहयोग गरेको छ ।