२०८३, आश्विन ५ गते

Sep 21 2026 | २०८३, आश्विन ५ गते

लुम्बिनी इन्टिग्रेटेडमा कानूनी शिक्षा सम्बन्धी अन्तरसम्वाद

सोमवार , श्रावण २१, २०८१

  • 604
    Shares
  • 604
    Shares
  • बुटवल, २१ साउन । 
    लुम्बिनी इन्टिग्रेटेड एकेडेमीमा बीएलएलबी कार्यक्रम अध्ययनरत विद्यार्थीहरूसँग कानूनी शिक्षा सम्बन्धी अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । नेपाल बार काउन्सिलको ३१ औं स्थापना दिवसको अवसरमा सोमबार कार्यक्रम गरिएको एकेडेमीले जनाएको छ ।

    कार्यक्रममा प्रमुख वक्ता बाबुराम पाण्डेले नेपालमा कानूनी शिक्षाको सन्दर्भमा कहाँ र कसरी पढाइ हुन्छ भन्ने विषयमा भनाइ राखेका थिए । उनले कानून व्यवसायहरुलाई नियमन गर्ने बार काउन्सिलको भूमिकाको बारेमा विद्यार्थीहरुलाई बताए ।

    लुम्बिनी इन्टग्रेट एकेडेमीले बीए एलएलबी जस्तो महत्वपूर्ण कार्यक्रम सञ्चालन गरेकोमा उनले खुसी व्यक्त गरे । उनले विद्यार्थीहरूको पढाइका लागि बार काउन्सिल सधैं सहयोगी हुन तयार रहेको बताए ।

    कलेजका एकेडेमिक डाइरेक्टर प्रोफेसर अशोक मल्लिकको अध्यक्षता, नेपाल बार काउन्सिलका काउन्सिलर अधिवक्ता बाबुराम पाण्डेको प्रमुख आतिथ्यथता, पुजन पुनको स्वागत तथा लुम्बिनी इन्टिग्रेट एकाडेमीका शिक्षक अधिवक्ता दामोदर घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा कोर्डिनेटर अधिवक्ता मदनपुन अधिवक्ता हेमराज अधिकारी, अर्थशास्त्रका शिक्षक नवराज पाण्डे, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2024-08-05 at 6.10.15 PM.jpeg